कोरोना सं’क्रमित युवतीको परिवारको रिपोर्ट नेगेटिभ

कोरोना सं’क्रमित युवतीको परिवारको रिपोर्ट नेगेटिभ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । कोरोना भाइरस संक्रमित १९ वर्षीय युवतीका परिवारको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ ।

संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । युवतीलाई डिस्चार्ज गरेको खबर आए पनि उनले युवती आइसोलेसनमै रहेको बताए ।

‘मलाई पनि धेरै फोन आयो । तर उहाँलाई डिस्चार्ज गरेको छैन,’ उनले भने ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना सं’क्रमण देखिएको थियो । सं’क्रमण देखिएपछि उनलाई टेकु अस्पतालको आइसोलेसनमा राखियो भने परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो ।

परिवारका सदस्यमा पनि सं’क्रमण नदेखिएपछि युवतीबाट सं’क्रमण बाहिरी व्यक्तिमा सर्ने सम्भावना एकदम कम भएको छ । उनी नेपाल आएदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेका थिइन् ।