आजको राशिफल : वि.सं.२०७६ साल चैत्र १४ गते । शुक्रबार । ईश्वी सन् २०२० मार्च २७ तारिख


वि.सं.२०७६ साल चैत्र १४ गते । शुक्रबार । ईश्वी सन् २०२० मार्च २७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– तृतीया,३५ घडी १९ पला,बेलुकी ०८ बजेर १० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– अश्विनी,०६ घडी ४१ पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त भरुणी । योग– वैधृती,२४ घडी ४८ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त विष्कुम्भ । करण– तैतिल,बिहान ०७ बजेर १९ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर १० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ०२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १८ मिनेट । दिनमान २९ घडी ४० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुँदा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउँने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बैक तथा बित्तिय सस्थामा गरिएको लगानि भने फस्टाएर जानेछ । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि नहुनुहोला । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि नबढाउँनुहोला । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रा भरसर नगर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खानपान तथा बाहिरि बताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई औषधि उपचार खर्च बढेर जान सक्छ । बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ कुरा सिक्ने अवसर आएपनि सहि ठाउँमा प्रयोग गर्न नजान्दा आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुनेछन् । सन्तान तथा छोराछोरिसँग सैद्धान्तिक कुरामा राज बाजिनेछ भने आफन्त तथा साथिभाई पनि तपाईदेखि टाडिने सम्भावना रहेकोछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग भेटघाट हुनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था मध्ययम रहनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयमा काम नबन्नाले आय आर्जन घट्ने तथा सापटि लगिएका रकमहरु समयमा फिर्ता हुनेछैनन् । व्यापारमा लगानि गरेपनि आम्दानि कम हुनेछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । तरपनि बाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

०००

यो पनि

साप्ताहिक राशिफल हेर्नुहोस : चैत्र ०९ गते आईतबारबाट चैत्र १५ गते शनिबार सम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ने हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ । व्यापार तथा जागिरमा प्रगति हुने योग रहेकोछ । बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ । मग्लबार र बुधबारको समय मध्ययम रहेकोले खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले भौतिक बस्तु तथा स्थाई सम्पतिको प्रयोग गर्न नजान्दा सोचेको उपलब्धि नहुँन सक्छ । घरायसि स्रोत साधनको परिचालन गर्न नसकिने तथा पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि लामो दुरिको यात्राहुने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय तपाईकै पक्षमा रहने हुनाले लगनशिल तथा मेहनेती भई काम गर्नाले दैनिकी परिवर्तन हुनेछ । सम्मानजनक जिम्मेवारि बहन गर्ने जिम्मेवारि प्राप्त हुनेछ भने बिशिष्ट व्याक्तिहरुको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने उत्कृष्ट नतिजा ल्याउदै हरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । धर्म सस्कृति तथा रितिरिवाजको पालन गर्दै समाजमा स्थापित सस्कारको जगेर्ना गर्ने कामका तपाईको भुमिका महत्वपुर्ण हुनेछ । समयले साथ दिने हुदा व्यापार व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था मजभुत हुनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सोमबार साझसम्मको समय मध्ययम रहेकोले कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । मंगलबार दिउसोबाट समय राम्रो रहेकोले लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले काम गर्ने शैली नमिल्नाले पुनह गर्नुपर्नेछ भने समयको ख्याल नगर्दा बिभिन्न अवसरहरु गुम्नेछन् । अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

न्यायिक निर्णयहरु तपार्यकै पक्षमा हुनेछन् भने प्रतिष्पर्धिहरुलाई किनार लगाउदै नतिजा हात पार्न सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । फलामा तथा फलामसँग सम्बन्धित काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय उत्तम रहेकोले भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुँने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि भने साताभरनै समय उत्तम रहेकोछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सोमबार साझसम्मको समय मध्ययम रहेकोले समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । मंगलबार दिउसोबाट समय राम्रो रहेकोले अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लेखन तथा साहित्यजस्ता क्षेत्रमा झुकाव बढ्नेछ । दाजुभाई तथा आफन्तको सहयोगले राम्राकाम गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुने हुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ । राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । आट शाहस तथा पराक्रम बढ्नाले पुरुशार्थि काम गरेर देखाउन सकिनेछ । साताको अन्ततिरको समय मध्ययम रहेकोले सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । तरपनि घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुदा पद प्राप्तीको योग रहेकेछ । आफन्त तथा सहयोगीको साथ पाईने हुनाले कामहरु गर्न जोस जागर बढ्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्निबिच सुमधुर सम्बन्ध स्थापीत हुने हुनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । नया प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सोमबार साझसम्मको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ । मंगलबार दिउसोबाट समय राम्रो रहेकोले प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।

तपाईको साता शुभ रहोस ।

न्योतिषी तारानाथ भण्डारी

प्रतिक्रिया दिनुहोस