कोरोना भाइरसबाट २४ घण्टाभित्र बाबुछोरी कै मृत्यु, आफन्त आइसोलेसनमा बस्नु पर्ने हुदा मलामी जाने कोही भएनन्

कोरोना भाइरसबाट २४ घण्टाभित्र बाबुछोरी कै मृत्यु, आफन्त आइसोलेसनमा बस्नु पर्ने हुदा मलामी जाने कोही भएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत्र । कोरोना भाइरस कोभिड-१९ ले युरोपियन देश मध्यमा बेलायतमा पनि धेरै संक्रमित भएका छन् । लन्डनको हिथ्रो अन्तरास्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत बुबाछोरीको कोरोना भाइरस संक्रमणका कारण मिर्त्यु भएको छ ।

बुबा ६१ वर्षीय बुवा सुधीर शर्मा अध्यागमनमा अधिकृत र छोरी पुजा फार्मेसीमा कार्यरत थिए । बुबाको बुधबार र छोरीको बिहिबार मृत्यु भएको मिरर युकेले समाचार लेखेको छ । पूजाको मृत्यु अस्पताल भर्ना भएको ३ दिनमै भएको थियो। पुजाको कोरोना भाइरसको कारण मृत्यु भएपछि उनको श्रीमान अहिले आइसोलेसनमा छन ।

आफन्त सबै आसोलेसनमा बस्नु पर्ने भएपछि मलामी जान कोहि पनि नभएको समाचारमा छ । विमानस्थलमा निक्कै मिलनसार अधिकृतका रूपमा चिनिएका सुधिरलाई गत जनवरी ७ मा संक्रमण भएको थियो।