कोरोना भाइरसका कारण इटालीमा एक दिनमा अहिले सम्म कै धेरै मृत्यु, ९१९ जनाले एकै दिन ज्यान गुमाए

कोरोना भाइरसका कारण इटालीमा एक दिनमा अहिले सम्म कै धेरै मृत्यु, ९१९ जनाले एकै दिन ज्यान गुमाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत्र । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट इटालीमा एक दिनमा अहिले सम्म कै उच्च मृत्यु भएको छ । २७ मार्च बिहिबार मात्र इटालीमा ९१९ जनाको मृत्यु भएको हो ।

यो संगै इटालीमा मृयु हुनेहरुको संख्या ९ हजार १ सय ३४ पुगेको छ । युरोपको इपिसेन्टर मानिएको इटालीमा जम्मा संक्रमितको संख्या पनि ८६ हजार नाघेको छ । तर सबै भन्दा बढी संक्रमित पुष्टि भएको देश भने संयुक्त राज्य अमेरिका भएको छ । जहा अहिले सम्म १ लाख ४ हजार बढीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

नेपालमा भने अहिले सम्म ४ जनामा संक्रमण देखिएको र एक जना सन्चो भएर घर फर्कि सकेको अवस्था छ ।