नेपालगञ्ज विमानस्थलमा निगमको जहाज दुर्घटना

नेपालगञ्ज विमानस्थलमा निगमको जहाज दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १५ चैत । शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ ।

काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको विमानस्थलमा रहेका सई सन्तोष साहले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान अवतरणको क्रममा जहाज धावनमार्गभन्दा बाहिर गएको बताए ।

‘कुनै क्षति भएको छैन । जहाजमा उडान दलका सदस्य ३ र जना स्वास्थ्यका प्रतिनिधि सवार थिए,’उनले भने ।

उनका अनुसार जहाजको प्राविधिक परीक्षणपछि उड्ने/नउड्ने निश्चित हुन्छ ।

उक्त जहाज टेष्टिङको लागि नमूना लिन गएको थियो ।