आजदेखि किराना, तरकारी र डेरी दैनिक ६ घण्टा खुल्ने


काठमाडौं, १५ चैत । लकडाउनको बेला सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ ।

चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न पाइनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिनमा ६ घण्टा पसल खोल्न पाइने बताए । उनका अनुसार किराना तथा तरकारी पसल र डेरी बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म खोल्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस