आजदेखि रूसमा सबै रेष्टुरेन्ट तथा क्याफे बन्द


मस्को, १५ चैत । पछिल्लो समय कोरोना भाइरसबाट सं’क्रमितको सङ्ख्या बढ्दै गएपछि रूसमा पनि सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिइएको छ । रुसी सरकारले शनिबारदेखि एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो ।

कोरोना भाइरसको स’ङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् । शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीवार नै एक हप्ताका लागि काम बन्द हप्ता घोषणा गरेका थिए । उनले यही मार्च २८ तारिखदेखि अप्रिल ५ सम्म काम बन्द हप्ता तोकेका हुन् । सरकारले शुक्रबारदेखि अन्तराष्टिय हवाई सेवा समेत बन्द गरेको छ ।

पछिल्लो विवरण अनुसार रूसमा कोरोना भाइरसका कारण कम्तीमा दुई जनाको मृ’त्यु भएको छ भने ८४० जना स’ङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस