चीनले तेस्रो मुलुकमा पठाउने गरेको किट नै नक्कली भएको स्पेनको दावी


स्पेन, १५ चैत । चीनले विदेशहरुलाई विक्रि गर्ने तथा अनुदानमा दिने भनिएको कारोना भाइरस परीक्षण गर्ने किट नक्कली भएको खुलासा भएको छ ।

तेस्रो मुलुकमा पठाएको भाइरस परीक्षण गर्ने किट नक्कली भएको भन्दै स्पेन सरकारले बिहीबार सो किट फिर्ता गरेको स्पेनका स्थानीय संचारमाध्मले जनाएका छन् ।

कोभिड–१९ परीक्षण गर्ने किट घरेलु उत्पादनबाट बनाइएको हुन सक्ने उनीहरुको ठहर छ । स्पेनको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनबाट आयात गरेको किट कुनै काम नलाग्ने भएकोले फिर्ता गर्न बाध्य भएको बताइएको छ ।

भाइरस परीक्षण गर्ने गलत किट भएकै कारण स्पेनमा ४ हजार मानिसको मृ’त्यु भएको दाबी स्थानीय संचारमध्यमहरुले गरेका छन् ।

स्पेनको स्वास्थ्य आपतकालीन विभाग प्रमुख, फर्नांडो साइमनले आफ्नो दैनिक ब्रीफिंगमा भाइरस परीक्षणका लागि ल्याएको किट काम नलाग्ने भएपछि प्रदायकलाई फिर्ता पठाइएको बताए । यद्यपि उनले कम्पनीको नाम लिन भने चाहेनन् ।

स्पेनका एक लेखक ब्रुनो म्याकसकाले चीनबाट खरिद गरेका ६ लाख ४० हजार परीक्षण किट नक्कली र काम नलाग्ने भएको आफनो ट्वीट मार्फत संदेश प्रवाहा गरेका छन् ।

केहिदिन अगाडी चेक रिपब्लिकको एक प्रतिष्ठित सञ्चार माध्यमले चीनद्वारा चेक रिपब्लिकलाई कोरोना परीक्षणको लागि पठाएको किटमध्ये ८० प्रतिशतले गलत नतिजा दिने गरेको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस