इटालीमा कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या ९ हजार नाघ्यो, सं’क्रमितको उपचारमा संलग्न डाक्टरमात्रै ५१ जनाले ज्या’न गुमाए


एजेन्सी, १५ चैत । इटालीमा हालसम्म कोरोना भाइरसको उपचारमा संलग्न ५१ जना चिकित्सकको मृ’त्यु भएको बताइएको छ ।

महामारी फैलिएयता इटालीमा कोरोना भाइरसका कारण कम्तिमा ५१ जना चिकित्सकको मृ’ त्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ ।

मृ’त्यु हुने ५१ जना चिकित्सकमध्ये ३२ जना सबैभन्दा बढी प्रभावित मानिएको लोम्बार्दी क्षेत्रका भएको जनाइएको छ ।

एसोसिएसनका अध्यक्ष फिलिप्पो एनेलीले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ इकुप्मेन्टको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस