मुम्बई, १२ चैत । कोरोना भाइरस (कोभिड १९)बाट सं’क्रमित भनिएकी बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपूरको तेस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।
लण्डनबाट फर्किएपछि गायिका कनिकाले विभिन्न पार्टीको आयोजना गरेकी थिइन् । सोहि क्रममा उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।
गायिका कनिकाको पार्टीमा सहभागी भएकाहरुलाई पनि कोरोना सं’क्रमण हुनसक्ने भन्दै सन्त्रास फैलिएको छ ।
हाल कनिकाको उपचारमा चिकित्सकका अलवा ६ जना नर्सको टोली खटिएको छ ।
प्रतिक्रिया