घलेगाउँमा पर्यटकलाई बास दिए ५० हजार जरिवाना !

घलेगाउँमा पर्यटकलाई बास दिए ५० हजार जरिवाना !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ चैत । लमजुङको होमस्टे गाउँ घलेगाउँले कोरोना संक्रमणबाट बच्न र सावधानी अपनाउन सतकर्ताको नयाँ तरिका अपनाएको छ ।

घलेगाउँले गाउँमा कसैले पर्यटकलाई बास दिएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । यद्यपी गाउँमा पर्यटक आउन प्रतिबन्ध लगाइएको छ ।

क्व्होँलासोँथर गाउँपालिकाको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज मानिने घलेगाउँ होमस्टेमा पर्यटन व्यवस्थापन समितिले यस्तो नियम राखेको छ ।

पर्यटक प्रतिबन्धित अवस्थामा कसैले पर्यटक राखे २० देखि ५० हजार रुपैयाँसम्म जरिवना समितिले सतर्कताको नियम बनाएको गाउँपालिका अध्यक्ष तथा पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले जानकारी दिए ।

यो नियम वैशाख १ गतेसम्मका लागि तोकिएको छ । लकडाउनका बेला पनि ग्रामीण क्षेत्रबाट पर्यटक मोटरसाइकल लिएर जान थालेपछि यस्तो नियम बनाइएको अध्यक्ष घलेको भनाइ छ ।