सामान किन्न गएकी महिलाले हाच्छ्युँ गर्नासाथ सुपरमार्केट मालिकले फ्याँके ४२ लाखको सामान

सामान किन्न गएकी महिलाले हाच्छ्युँ गर्नासाथ सुपरमार्केट मालिकले फ्याँके ४२ लाखको सामान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, १५ चैत । कोरोनाभाइरसको त्रास विश्वभर फैलिएको अवस्था कतिपय ठाउँमा भने यसबाट बच्न गरिएका प्रयासहरु निकै मुर्खतापूर्ण रहेका छन् । यस्तै घटना अमेरिकाको पेन्सलभेनियाको एक सुपरमार्केटमा घटेको छ ।

सीएनएनको समाचार अनुसार सुपरमार्केटमा सामान लिन गएकी एक महिलालाई हाच्छ्युँ आयो । महिलाले हाच्छ्युँ गरिन् । तत्कालै मलबाट ४२ लाख रुपैयाँ मूल्य बराबरको सामान बाहिर फ्याँकियो । त्यसपछि महिलालाई भने पुलिसले गिरफ्तार गरेको छ ।

महिलाले सपिङ मलको एक भागमा हाच्छ्युँ गरेकी थिइन् । स्टोरकिपरका अनुसार महिलाले स्टोरभित्र पस्नासाथ हाच्छ्युँ गर्न सुरु गरेकी थिइन् । महिलाले स्टोरमा राखिएका बेकरी र मासुका सामानमाथि नै हाच्छ्युँ गरेकी थिइन् । त्यसपछि तत्कालै स्टोर मालिकले सबै सामान फयाँकिदिएका हुन् ।

स्टोर मालिकले सामान फ्याँकेपछि पुलिसलाई बोलाए र महिलालाई हि’रासतमा पठाइयो । मालिकलाई ती महिला कोरोना सं’क्रमित हुन सक्ने डर थियो । पुलिसका अनुसार महिलाले जानीजानी यस्तो गरेकी थिइन् । यद्यपी जाँच रिपोर्टमा महिलामा कोरोना सं’क्रमण पाइएको छैन ।