पीपीई नहुँदा बारामा ७२ घन्टामा तयार पारिएको अस्थायी अस्पताल सञ्चालनमा कठिनाइ

पीपीई नहुँदा बारामा ७२ घन्टामा तयार पारिएको अस्थायी अस्पताल सञ्चालनमा कठिनाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १५ चैत्र । पीपीईको अभावमा जिल्लाको जीतपुर सिमरा उपमहानगरले कोरोना प्रभावितका लागि भन्दै बनाएको अस्थायी अस्पतालमा सञ्चालनमा कठिनाइ आएको छ ।

७२ घण्टाभित्र तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको उक्त अस्थायी अस्पतालमा स्वास्थ्यकर्मीका लागि पीपीई नहुँदा अझै सञ्चालनमा आउन नसकेको हो ।

‘देशभर नै अभाव रहेकाले पीपीई माग गरिएको छ, भोलिसम्म आइपुग्ने आश्वासन पाएका छौं’ जीतपुरसिमराका नगरप्रमुख डा.कृष्ण पौडेलले बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरले हाल ५० बेडको क्वारेन्टाइन तयार गरिसकेको छ भने आइसोलेसनका लागि आवश्यक उपकरण एवं भौतिक पूर्वाधारको कमी रहेकोले एक दुई दिनमा सञ्चालनमा आउने उहाँको भनाइ छ ।

नगरले आवश्यक सहयोग पाएमा यही अस्थायी अस्पताललाई ५०० बेडसम्मको क्वारेन्टाइन र १०० बेडको आइसोलेशन बनाउन सकिने पनि नगरप्रमुख पौडेलले बताउनुभयो ।

बारामा हालसम्म क्वारेन्टाइन नहुँदा वैदेशिक रोजगारीबाट फर्केका केही युवालाई बीरगञ्जमा राखिएको छ ।