नेपालमा भेटियो पाँचौं कोरोना संक्रमित, उनि पनि बेल्जियमबाट कतार हुँदै चैत ४ मा आएकी थिइन्

नेपालमा भेटियो पाँचौं कोरोना संक्रमित, उनि पनि बेल्जियमबाट कतार हुँदै चैत ४ मा आएकी थिइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । नेपालमा कोरोना सं’क्रमित पाँचौ व्यक्ति पनि भेटिएको छ । शनिबार अर्का एक जनामा कोरोना भाइरसको सं’क्रमण पुष्टि भएसंगै नेपालमा कोरोना सं’क्रमितको संख्या ५ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए ।

‘उहाँ चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ देवकोटाले भने,‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ । उहाँको अवस्था अहिले सामान्य छ ।’

उनी र यसअघि काठमाडौंमा सं’क्रमित भएकी अर्की १९ युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको देखिएको पुष्टि भएको छ ।