फोहोरको डंगुरमा पैसाको बोरा भेटिएपछि…!

फोहोरको डंगुरमा पैसाको बोरा भेटिएपछि…!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १५ चैत । जिल्लाको बेनी नगरपालिका–९ मा दुर्गन्धित फोहोरको डंगुरबाट हजारौं रुपैयाँ नगद रहेको पैसाको बोरा फेला परेको छ । गलेश्वरस्थित शिवालय मन्दिरको बाहिर रहेको प्रतीक्षालयमा बस्ने एक बृद्धाको कोठमा रहेको फोहोरको डंगुरसंगै पैसाको बोरा फेला परेको हो ।

वर्षौंदेखि गलेश्वरमा दर्शन गर्न आउने भक्तजनलाई मागेर खाद्यान्न, लत्ताकपडासहित अन्य दैनिक उपभोग्य वस्तु थुप्रो पारेर लगाएकी बृद्धा दिलमाया विक सुत्ने कोठा सरसफाई गर्दा ७८ हजार रुपैयाँ फेला परेको गलेश्वर आमा समूहकी अध्यक्ष गौमायाँ गर्बुजाले बताइन् ।

चिसो बोरालाई आगोमा हाल्ने तयारी भइरहेको अवस्थामा एक सयको नोट देखिएपछि तत्कालै निकालिएको गर्बुजाले जानकारी दिइन् । एउटा बोराभरिको पैसा करिव एक घण्टालगाएर गन्दा ७८ हजार भएको गर्बुजाको भनाई छ ।

अधिकांश नोट भिजेको अवस्थामा फेला परेका थिए । बोरामा रहेका ५, १०, २०, ५० र १ सयका नोट रहेका थिए । दैनिक मन्दिर तथा आसपासका क्षेत्रमा माग्ने गरेकी विकको यस अगाडि समेत फोहोर पन्छाउँदा १२ हजार र ७ हजार रुपैयाँ भेटिएका थिए ।

ती भेटिएका पैसा वित्तीय संस्थामा जम्मा गरिने गरिएको छ ।