काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले पनि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस स’ङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिनबराबरको तलब जम्मा गर्ने भएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार कोरोना भाइरसको विश्व महामारीको वर्तमान अवस्थामा कोरोना स’ङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पु¥याउन आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्त डा गणेशराज जोशी र आयुक्त डा सावित्री थापा गुरुङले आफ्नो १५ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गर्नुभएको छ ।
उहाँहरुले शुरु तलब स्केलको १५ दिनको तबल सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको बताइएको छ । त्यस्तै आयोगमा कार्यरत सचिवलगायतका कर्मचारीको हकमा नेपाल सरकारको सचिव बैठकको निर्णयबमोजिम तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया