कोरोनाका कारण विश्वभर क’ण्डम अभाव !

कोरोनाका कारण विश्वभर क’ण्डम अभाव !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, १५ चैत । विश्वमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर क’ण्डम अभाव भएको द गार्जियनले आफ्नो खबरमा उल्लेख गरेको छ ।

मलेसियाको कारेक्स बीएचडी कम्पनी विश्वमा सबैभन्दा बढी कण्डम उत्पादन गर्ने कम्पनी हो । विश्वका प्रत्येक पाँचमध्ये एक कण्डम यसै कम्पनीले निर्माण गर्दै आएको छ ।

हाल मलेसिया लकडाउन गरिएको छ । त्यहाँका सबै उद्योग तथा कम्पनी बन्द हुँदा बीएचडी कम्पनी पनि ठप्प छ । विश्वभरका क’ण्डम कम्पनी ठप्प हुँदा यतिबेला विश्वभर क’ण्डमको अभाव देखिएको हो ।

बीएचडी कम्पनी बन्द हुँदा हालसम्म १० करोड क’ण्डम निर्माणमा कमी आएको छ । बेलायतको क’ण्डम निर्माता कम्पनी डुरेक्स पनि हाल लकडाउनका कारण संचालनमा आएको छैन ।

शुक्रबारदेखि भने ५० प्रतिशत कामदार राखेर बीएचडीलाई क’ण्डम उत्पादनको अनुमति दिइएको छ । कारेक्स बीएचडीका कार्यकारी प्रमुख गो मिया केट भन्छन्, ‘आधा जनशक्तिले काम गर्दा हामीलाई बजारको माग पूर्ति गर्न समय लाग्छ ।’

‘विश्वभर अहिले कण्डमको अभाव देखिएको छ, जुन डरलाग्दो छ,’ उनले भने, ‘यो अभाव दुई साता वा एक महिना मात्रै हुने देखिँदैन, महिनौं हुनसक्छ ।’

मलेसियामा अप्रिल १४ सम्म लकडाउन गरिएको छ ।