९९ डिग्री ज्वरो आएका एक व्यक्ति आइसोलेसनबाटै फरार

९९ डिग्री ज्वरो आएका एक व्यक्ति आइसोलेसनबाटै फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १५ चैत । जिल्लाको कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्याक्ति शनिबार फरार भएका छन् ।

भारतको सिलगुढी हुँदै ताप्ली गाउँपालिकाका लागि हिँडेका २१ जना मध्ये ३८ वर्षीय कृतिमान मगरातीलाई अस्पतालको आइसोलेसन राखिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा ९९ डिग्री ज्वारो आएका मगरातीलाई १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले बताए । उनीसँगै आएका अन्य २० जनालाई बेलसोतस्थित क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको आइसोलेसनमा राखिएका मगराती बिहानको खाना खानुअघि नै झोला र मोबाइल बेडमै छोडेर भागेको सूचना अधिकारी राइनले बताए । सुरुमा ९९ डिग्री ज्वरो रहेका मगरातीको अवस्था पछिल्लो समय सामन्य हुँदै गएको राइनले बताए ।

मगरातीलाई साथीहरुसँगै क्वाराइन्टेनमा जान माग गरिरहेको अस्पतालले जनाएको छ । सुरुमा साथीहरुसँगै क्वारेन्टाइनमा पठाइएकोमा त्यहाँ ज्वारो आएपछि उनलाई अस्पतालको आइसोलेसनमा ल्याएको हो ।

अस्पतालबाट भागेका मगरातीको खोजी भइरहेको छ । उनी परिवार र क्वारेन्टाइनमा रहेको साथीको समेत सम्र्पकमा नगएको प्रहरीले जनाएको छ ।