लकडाउन अवज्ञा गर्दै बाहिर निस्कने २०० जनाको पोखरा रङ्गशालामा बास

लकडाउन अवज्ञा गर्दै बाहिर निस्कने २०० जनाको पोखरा रङ्गशालामा बास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ चैत । लकडाउनको अवज्ञा गरी सडकमा निस्किएकाहरुलाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरी रङ्गशालाभित्र थुनिएको छ

बिना काम बाहिर निस्कने २ सय जनालाई रङ्गशालाभित्रको भलिबल प्रशिक्षण कोर्ट र बास्केटबल कोर्टमा लगेर राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

प्रहरीले पक्राउ परेकाहरुलाई आइन्दा लकडाउन अवधिमा विनाकाम नहिँड्ने शर्तमा उनीहरुको परिचय खुल्ने टिपोट राखी छाड्ने जनाएको छ ।