विभिन्न देशमा खटिएका राष्ट्रसंघका ८६ कर्मचारी कोरोना सं’क्रमित

विभिन्न देशमा खटिएका राष्ट्रसंघका ८६ कर्मचारी कोरोना सं’क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, १५ चैत । संयुक्त राष्ट्रसघंका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट सं’ङ्क्रमित भएका छन् । उनीहरु विभिन्न देशमा खटिएको अवस्थामै कोरोना संक्रमित भएका हुन् ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरीअफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् ।

बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको उनले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ताडुजारिकको भनाई छ ।

राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारी मध्ये बिहिवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए ।

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन भने अडिसआबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन ।