कोरोनाबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको नि’धन !

कोरोनाबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको नि’धन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्पेन, १६ चैत । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना सं’क्रमणबाट दु:खद मृ’त्यु भएको छ । ८६ वर्षीया टेरेसा पूर्व उपप्रधानमन्त्री समेत रहेकी थिइन् ।

उनको शनिबार नि’धन भएको उनका भाइ हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृ’त्यु भएको डेली मेलले समेत पुष्टि गरेको छ ।

मारिया टेरेसाका आफ्नै सन्तान नभएर भाञ्‍जा-भाञ्‍जीको सहारामा रहेकी थिइन् । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृ’त्यु भएको समेत डेली मेलले बताएको छ । स्पेनको बौर्बन-पर्मा राजवंशमा काेराेनाका कारण पहिलाे मृ’त्यु भएकाे हाे ।

मारियाकाे जन्म भने फ्रान्सको पेरिसमा भएको थियो । मारियाका ६ भाइबहिनी रहेका छन् । उनले आफ्नो युवा अवस्था म्याड्रिडमा बिताएकी थिइन् । मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । तर उनी निकाे हुनुकाे सट्टा संसार छाेडेर गइन् ।

केरोना भाइरस सं’क्रमणका कारण स्पेनमा मृ’त्यु हुनेको संख्या ५ हजार ९८२ पुगेको छ भने सं’क्रमतिको संख्या ७३ हजार नाघको छ । संक्रमति व्यक्तिहरुमध्ये १२ भन्दा बढी उपचारपछि निकाे भइसकेका छन् ।

वृद्धावस्थामा टेरेसा