कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिएर चीनबाट निगमको जहाज काठमाडौं आइपुग्यो

कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिएर चीनबाट निगमको जहाज काठमाडौं आइपुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । कोरोना (कोभिड–१९) भाइरस परीक्षणका लागि अत्यावश्यक सामाग्री लिन गएको नेपाल एयरलाइन्सको वाइड बडी विमान काठमाडौँ त्रिभुवन विमानस्थल आईपुगेको छ । उक्त विमान कोरोना परीक्षणका लागि अत्यावश्यक सामाग्री लिन हिजो शनिबार दिउँसो १२ः२० बजे चीन तर्फ उडेको थियो ।

विमानले चीनबाट स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट (पीपीई) सँगै अन्य महत्वपूर्ण मेडिकल उपकरण ल्याएको बताईएपनि के–के र कुन–कुन सामान ल्याएको छ भन्ने विषयमा केही खुलाईएको छैन ।

विमानमा चालक दलका चार सदस्य, दुई इन्जिनियरसहित १० जना चीन गएका थिए ।