लकडाउन प्रभाव : बैतडीका पत्रपत्रिका बन्द

लकडाउन प्रभाव : बैतडीका पत्रपत्रिका बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १६ चैत । बैतडीबाट प्रकाशित सम्पूर्ण पत्रपत्रिका बन्द भएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि पत्रपत्रिका बन्द भएका हुन् ।

पत्रिकाबाट पनि कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गरी दैनिक तथा साप्ताहिक पत्रपत्रिकाको प्रकाशन अनिश्चितका लागि बन्द गरिएको पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाटले जानकारी दिए ।

लकडाउनको समयमा ग्राहकसामु पत्रपत्रिका पु¥याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने भन्दै प्रकाशन बन्द गरिएको उभाटले बताए । यद्यपि, एफएम रेडियोहरुले भने सञ्चालनमै रहेको छन् ।

बैतडीमा लकडाउनलाई कडाइका साथ लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन थालेको छ ।

लकडाउनका बेला अनावश्यक रुपमा शनिबार घरबाहिर ननिस्किन प्रशासनको आग्रहलाई अटेरी गरी हिँड्डुल गरिरहेका चारजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । उनीहरुलाई कानुन बमोजिम कारबाही हुने उनले बताए ।

यस्तै, शुक्रबार एक सवारीसहित आठजनालाई नियन्त्रणमा लिएको थियो ।