कोरोनाका कारण स्थगित भएका युरोपीयन फुटबलको सिजन गुम्न सक्ने खतरा बढ्यो

कोरोनाका कारण स्थगित भएका युरोपीयन फुटबलको सिजन गुम्न सक्ने खतरा बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, १६ चैत । नोबेल कोरोना भाईरस (कोभिड १९) विश्वभर महामारीका कारण विश्वका ठूला खेल गतिविधिहरु रोकिइसकेका छन् ।

कोरोना भाइरसकै कारण रोकिएका मध्येको इङ्ग्लीस प्रिमियर लिग सहित युरोपेली फुटबलको चालू सिजन गुम्न सक्ने खतरा रहेको बताइएको छ ।

कोरोना भाइरसको इपिसेन्टर बनेको युरोप यसको संक्रमणले युरोपेली फुटबल प्रतियोगिता रद्व हुने सम्भावना बढेर गएको हो ।

युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष अलेक्जेन्डर सेफरिनले जुनको अन्तिमसम्म बाँकी सिजन सुरु गर्न नसकिए चालू सिजन यतिमै टुङ्ग्यानु पर्ने खतरा हरनसक्ने बताएका छन् ।

यद्यपी उनले बन्द रंगशालामा भएपनि गरेर समापन गर्ने विकल्प अघि बढाएका छन् । ‘यदी हामीले पुनः सुरुवात गर्न सकेनौ भने सम्भवत सिजन गुम्नेछ ।’ सेफरिनले भनेका छन्, ‘हामीसँग तीनवटा विकल्प छन् । ती भनेका मेको मध्यबाट, जुनबाट वा जुनको अन्तिमबाट प्रतियोगिता पुन सुचारु गर्नु हो ।’

सेपरिनले ईटालिन पत्रिका ला रिपब्लीकासंग कुरा गर्दै भने, ‘यसरी गर्न सकियो भने अर्को सिजनको सूरुवातबाट नयाँ सिजन सुरु गर्न सक्ने सम्भावना छ । हामी लिग र क्लबका लागि राम्रो विकल्प हेरिरहेका छौ ।’ अहिले ईङ्लिस फुटबल अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ ।

दर्शकविनाका प्रतियोगिता आयोजना गर्नु राम्रो विकल्प नभएको उल्लेख गरेका उनले यदि त्यस्तो कुनै विकल्प फेला नपरे सिजन टुङ्ग्याउने बताएका छन् ।