अन्धविश्वासको एउटा रुप : कोरोना भाइरसबाट बच्न भन्दै कुखुरा का’टेर गरियो पूजा !

अन्धविश्वासको एउटा रुप : कोरोना भाइरसबाट बच्न भन्दै कुखुरा का’टेर गरियो पूजा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १६ चैत । सामाजिक अन्धविश्वासले जरा गाडेको हाम्रो समाजमा कहिलेकाँही निकै हास्यास्पद घटनाहरु हुने गरेका छन् । यसको पछिल्लो उदाहरण गोरखामा देखिएको छ ।
अहिले विश्वव्यापी रुपमा महामारी फैलाइरहेको कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सर्वविदितै रहेको अवस्थामा पनि यसको सम्भावित जोखिमबाट बच्न भन्दै गोरखाको एक गाउँका बासिन्दाले गाउँमा ब’लिसहित पूजा गरेका छन् ।

गोरखाको धार्चे गाउँपालिका ३ उहियागाउँका बासिन्दाले गाउँ प्रवेश गर्ने चारैदिशामा शनिबार दिनभर लगाएर पूजा गरेका हुन् ।

धार्चे गाउँपालिका ३ का बडा अध्यक्ष इन्द्रप्रसाद गुरुङका अनुसार उहिया गाउँ प्रबेश गर्ने बाटो र नाकामा कुखुरा का’टेर पूजा गरिएको हो ।

धामीझाँक्रीले भाले का’टेर, धुप बालेर करिब चार घण्टासम्म प्रकृति पूजा गरेको उनले बताए । प्राकृतिक देवता खुशी भए गाउँमा अनिष्ट नभित्रिने जनविश्वास रहेको उनले बताए ।

शनिवारको पूजाका लागि स्थानीयले भेटी, अक्षतासहितका आवश्यक चिज जोहो गरेका थिए ।

यसअघि कोरोनाबाट बच्न भन्दै दैलो खनेर निस्केको कालो माटोको टीका लगाइएको थियो ।