आजबाट लकडाउन उल्लंघन गर्नेलाई सडक मै दुई घण्टा उभ्याइने र कोरोना बारे सचेतना दिइने

आजबाट लकडाउन उल्लंघन गर्नेलाई सडक मै दुई घण्टा उभ्याइने र कोरोना बारे सचेतना दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । महामारी कोभिड-१९ लाई संक्रमण हुनबाट रोक्न सरकारले देश लकडाउन गरेको छ । यति हुदा हुदै पनि सर्बसाधारणहरु घर बाहिर निस्कन नछोडेपछी नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई कारवाही गर्ने नया नीति अपनाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार अबदेखि विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने देखिएपछी प्रहरीले नया नियम अपनाएको हो ।

सडक मै उभिनु पर्ने नियम आएपछि भने नागरिक आफै सजक हुने अनुमान गरिएको छ ।

सिरहा कारागारबाट छाडिए २१ कैदीबन्दी

लहान, १६ चैत ।  कारागारमा ठूलो संख्यामा कोचाकोच गरि कैदीबन्दीलाई राख्दा कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । जिल्ला अदालत सिरहाको आदेशमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका ती कैदीबन्दीलाई छाडिएको सिरहा कारागारका जेलर वविता महतोले जानकारी दिनुभयो ।

अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी समयवापतको रकम तिराएर छाड्न दिएको आदेशअनुसार कैदीबन्दीबाट रकम तिराएर छाडिएको जेलर महतोले बताउनुभयो ।
कुल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिला सहित ५५१ कैदीबन्दी छन् । एक जनामा पनि संक्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिइएको र संक्रमणबाट बच्ने उपायबारे सचेत गराइएको जेलर महतोको भनाइ छ ।

नेता यादवबाट साबुन र स्यानिटाइजर वितरण

लहान, १६ चैत्र (रासस) ः नेकपा सप्तरीका युवा नेता प्रमोदकुमार यादवले व्यक्तिगत रुपमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई स्यानिटाइजर र साबुन वितरण गर्नुभएको छ । उहाँले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित सशस्त्र प्रहरी, नेपाल प्रहरी र क्वारेन्टाइनका लागि स्यानिटाइजर तथा साबुन वितरण गर्नुभयो ।