अवस्था सामान्य रहेकोले पाँचौं कोरोना सं’क्रमित युवतीको उपचार बागलुङमै सुरु गरियो

अवस्था सामान्य रहेकोले पाँचौं कोरोना सं’क्रमित युवतीको उपचार बागलुङमै सुरु गरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट पाँचौं सं’क्रमित बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने भएको छ ।

बेल्जियमबाट कतार हुँदै ४ चैतमा नेपाल आएकी बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया उनलाई कोरोना सं’क्रमण भएको शनिबार पुष्टि भएको थियो । त्यसअघि घरमै रहेकी उनलाई धौलागिरि अस्प्तालमा भर्ना गरिएको हो । उनको अवस्था सामान्य छ ।

धौलागिरि अस्पतालमै उपचार गर्न सकिने भएकाले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) भेन्टिलेटर, भिटिएम लगायतका सामाग्री पोखराबाट बागलुङ पठाउन लागिएको प्रदेश स्वास्थ निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । ‘किशोरीको स्वास्थ अवस्था सामान्य छ । चिकित्सकहरु पनि पर्याप्त छन्, त्यसैले धौलागिरि अस्पतालमै उपचार हुन्छ,’ उनले भने, ‘उपचारका लागि अत्यावश्यक सुरक्षा सामाग्री हामी पठाउँछौं ।’

संक्रमितको उपचार र उनको सम्पर्कमा आउनेलाई पनि सुरक्षा र साबधानी उपनाउन शनिबारै प्रदेश सरकारले गठन गरेको डा. आर्या पौडेलको संयोजकत्वमा रहेको र्‍यापिट रेस्पोन्ट टिमको बैठक बसेको थियो । सं’क्रमितको अवस्था बुझेर थप उपचारका लागि पोखरा वा काठमाडौं कहाँ लैजानुपर्ने हो तय गर्ने, एम्बुलेन्स लगायतका सामाग्री तयारी गर्ने बैठकको निर्णय थियो ।

तर विरामीको अवस्था जटिल नभएकाले बालगुङमै उपचार गर्न सकिने निश्कर्षका साथ पिपिई, भेन्टिलेटर लगायतका सामाग्री बागलुङ पठाइँदैछ ।