चीनबाट ल्याएको स्वास्थ्य सामग्री निजी अस्पतालले पनि पाउनु पर्ने माग

चीनबाट ल्याएको स्वास्थ्य सामग्री निजी अस्पतालले पनि पाउनु पर्ने माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । निजी अस्पतालहरूले चीनबाट ल्याइएका स्वास्थ्य सामाग्री आफूलाई पनि वितरण गर्नुपर्ने बताएका छन् ।

निजी अस्पतालहरूको छाता संगठन (अफिन) का महासचिव हेमराज दाहालले आइतबार चीनबाट ल्याइएको पिपिई सरकारले सकेसम्म निजी अस्पतालहरूलाई पनि वितरण गरेर सहयोग गर्नुपर्ने बताएका हुन् ।

‘पिपिईलगायत सुरक्षा सामग्री अभाव छ । निजी अस्पतालहरूलाई पनि वितरण भयो भने काम गर्न सहज हुन्छ,’ उनले भने ।

निजि अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार फर्नु पर्छ भने चीनबाट ल्याइएका सामग्री पनि पाउनु पर्ने दाहालको भनाइ छ ।

सरकारको निर्देशनपछि निजी अस्पतालहरू कोरोना शंकास्पद बिरामीहरूलाई उपचार गर्ने निष्कर्षमा पुगेका छन् ।