ज्याक माले नेपालका लागि पठाएका एक लाख बढी एन-९५ मास्क र २० हजार टेस्टिङ किट नेपाल आइपुग्यो

ज्याक माले नेपालका लागि पठाएका एक लाख बढी एन-९५ मास्क र २० हजार टेस्टिङ किट नेपाल आइपुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । एसियाकै धनाड्य तथा अलिबाबाका संस्थापक ज्याक माले दिएका एक लाख बढी एन-९५ मास्क नेपाल आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

ज्याक मा फाउन्डेसनले दिएको सामग्री नेपाल सरकारलाई प्राप्त भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले बताए ।

ज्याक माले दिने भनेका अन्य स्वास्थ्य सामग्री पनि क्रमश: आउने उनले जानकारी दिए ।

ज्याक माले दिएका मास्कको मूल्य १० लाख ८४ हजार एक सय ६४ चिनियाँ युआन (एक करोड ८३ लाख ८४ हजार रुपैयाँ)रहेको छ ।

मास्कसँगै ज्याक माले कोरोना परीक्षण गर्ने किट पनि नेपाल पठाएका छन् । उनले पठाएका २० हजार ६४ वटा किट पनि नेपाल आइपुगेका छन् । ती किटको मूल्य ९ लाख १४ हजार ६ सय ९१ युआन (एक करोड ५५ लाख १० हजार रुपैयाँ) पर्छ ।