‘लकडाउन’ दुई हप्ता लम्बिँदै, औपचारिक निर्णय गर्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

‘लकडाउन’ दुई हप्ता लम्बिँदै, औपचारिक निर्णय गर्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । कोभिड-१९ बाट बच्न सरकारले पुनः देशव्यापी ‘लकडाउन’लाई लम्ब्याउने भएको छ ।

बिशेष स्रोतकाअनुसार ‘लकडाउन’लाई लम्ब्याउने सम्बन्धी औपचारिक निर्णय गर्न आज ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सरकार थप दुई हप्ता ‘लकडाउन’ लम्बाउने मनस्थितिमा रहेको छ ।

यसअघि सरकारले चैत १८ गतेसम्मलाई लकडाउनको निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकमा राहत प्याकेजका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक अहिले सिंहदरबारमा जारी छ । यसलगत्तै मन्त्रिपरिषद् बैठक हुनेछ ।