एनबीए टोली न्युयोर्क निक्सका मालिक डोलान पनि कोरोना सं’क्रमित


काठमाडौँ, १६ चैत । न्युयोर्क निक्स बास्केटबल टिमका मालिक जेम्स डोलानलाई कोरोना भाइरसको सं’क्रमण भएको छ । आइतबार न्युयोर्क निक्स पीआरको ट्विटर ह्यान्डलमाफर्त डोलानलाई कोरोना सं’क्रमण भएको आधिकारिक जानकारी दिइएको हो ।

उनलाई सामान्य समस्या मात्रै देखिएको र सेल्फ आइसोलेसनमा बसेको पनि ट्वीटमा उल्लेख छ । उनी नेसनल हकी लिग(एनएचएल) अन्तर्गतको टिम न्युयोर्क रेञ्जर्सका समेत मालिक हुन् । त्यस्तै म्याडिसन स्क्वायर गार्डेन कम्पनीका सीईओ र एमएसजी नेटवर्कका कार्यकारी अध्यक्षसमेत हुन् ।

यसअघि केभिन डुरान्ट, मार्कस स्मार्टलगायत एनबीए खेलाडीहरुमा पनि कोरोना भाइरसको सं’क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस