युएईबाट फर्केपछि उच्च ज्वरो आएर रुपन्देहीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएका एक युवकको मृ’त्यु

युएईबाट फर्केपछि उच्च ज्वरो आएर रुपन्देहीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएका एक युवकको मृ’त्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १६ चैत, । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा केहि दिनअघि युएईबाट फर्किएका एक युवकको मृ’त्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृ’त्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

ती युवकमा कोरोना भाइरस सं’क्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले बताए ।

चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।

ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएको समाचारमा उल्लेख छ ।