काठमाडौं, १६ चैत । लकडाउनका बेला कार्यालयमा खटिने बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विशेष सुविधा पाउने भएका छन् । अप्ठेरो अवस्थामा पनि कार्यालयमा खटिएको अवधिको गणना गरेर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई विशेष सुविधा दिने भएका हुन् ।
वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत विशेष सुविधा दिन सबै बैंकहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष भुवन दाहालले घरमा बस्ने र काम गर्ने कर्मचारीहरुलाई एकै किसिमको व्यवहार गर्न नमिल्ने भन्दै बैंकहरुलाई आग्रह गरिएको जानकारी दिए ।
उनका अनुसार कुनै बैंकले विशेष भत्ताको व्यवस्था गर्न सक्ने छन् भने कसैले तालिममा पठाउने अथवा अन्य प्रोत्साहन हुने सुविधा दिन सक्नेछन् ।
संघले ‘यो नै गर्नू’ भनेर निर्देशन नदिएको दाहालको भनाइ छ । बैंकहरुले आ-आफ्नो तरिकाले सुविधा दिने उनले बताए ।
संघको सिफारिसपछि तलबको तेब्बरसम्म भक्ता सुविधा दिन लागिएको एक वाणिज्य बैंकका सीईओले बताए ।
प्रतिक्रिया