वैशाख ३ गतेसम्म लम्बियो अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध

वैशाख ३ गतेसम्म लम्बियो अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । सरकारले अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध दुई साता थप्ने भएको छ ।

आइतबार दिउँसो बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले वैशाख ३ सम्म उडानमा प्रतिबन्ध लगाउन मन्त्रिपरिषद्लाई सुझाव दिने निष्कर्ष निकालेको हो ।

यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्मका लागि मात्र अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

यस बारे निर्णय गर्न केहीबेरमा मन्त्रिपरिषदको बैठक बस्ने छ ।