फेसबुकमा हिन्दी भाषामा नेता र प्रहरीलाई गा’ली गरेर स्टाटस लेख्ने नेपाली युवा पक्राउ

फेसबुकमा हिन्दी भाषामा नेता र प्रहरीलाई गा’ली गरेर स्टाटस लेख्ने नेपाली युवा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १६ चैत । फेसबुकमा नेता र प्रहरीलाई गा’ली गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका-१ पकडीका २२ वर्षीय सफिक खान रहेका छन् ।

‘मायादेवी गाँउपालिकाका चुतिया पुलिस र पावरमा बसेका चोर नेता सबै म’र्छन् कोरोनाले,’ खानले लेखेका कुरा उदृत गर्दै इलाका प्रहरी कर्यालयका पकडीका इन्स्पेक्टर गणेश सुवेदीले सेतोपाटीसँग भने । खानले हिन्दीमा स्टाटस लेखेका थिए ।

‘प्रहरी र नेतालाई त्यसरी गाली गरेको भएर पक्राउ गरेका हौं,’ सुवेदीले भने,’हामीले सोध्दा सिस्टम मन नपरेको भन्दै लेखेको भनेको छ अरू भन्न चाहेको छैन ।’

उनलाई प्रहरीले अ’भद्र व्यवहारको मु’द्दा चलाउने प्रहरीले तयारी गरेको छ ।