अनिवार्य क्वारेन्टाइनमा राख्ने शर्तमा नेपाल भारत नाकामा अड्किएका नेपालीलाई प्रवेश गर्न दिइने

अनिवार्य क्वारेन्टाइनमा राख्ने शर्तमा नेपाल भारत नाकामा अड्किएका नेपालीलाई प्रवेश गर्न दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । नेपाल भारत नाकामा अलपत्र परेका नेपालीलाई प्रवेश गर्न दिइने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले नेपाल भारत सीमा नाकामा रहेका नागरिकलाई लगत संकलन गरेर छिर्न दिने निर्णय गरेको हो ।

दशगजा क्षेत्रमा राखिराख्न उपयुक्त नभएको र नेपाली नागरिकको अवस्था नाजुक भएकाले उनीहरुलाई स्थानीय सरकारलाई जिम्मा लगाउने गरी छिर्न दिने निर्णय गरेको बताइएको छ ।

तर उनीहरुलाई स्थानीय सरकारले अनिवार्य क्वारेन्टाइनमा राख्नु पर्ने छ । नेपाल र भारतको सीमावर्ती भारतीय भूमि धार्चुलामा ३ सय भन्दा धेरै नेपाली अलपत्र परेका छन् ।

कोभिड १९ बाट जोगिन नेपाल–भारत सीमा नाका बन्द गरिएपछि विभिन्न क्षेत्रबाट मजदुरी गरेर घर फर्किएका नेपाली सीमापारी अलपत्र परेका हुन् ।