दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा कामदारलाई राहतको घोषणा


नयाँदिल्ली, १६ चैत । भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई पनि राहतको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

यसका लागि सरकारले आवश्यक गृहकार्य शुरु गरिसकेको र चाँडै नै राहत उपलब्ध गराउने उहाँले बताए । राहत प्याकेज अन्तर्गत अत्यावश्यक सबै सेवा तथा सामग्री समावेश गरिएको मुख्यमन्त्री केजरीवालको भनाइ छ ।

सामाजिक सन्जाल ट्वीटरमा उनले लेखेका छन्, “कतिपय कामदारहरु समस्यामा परेको र घर फर्कन लागेको थाहा पाएको छु । समस्याबाट चिन्ता लिन र भाग्न पर्दैन ।” प्रधानमन्त्री नरेन्द्र मोदीले जो जहाँ छौ त्यही बस्न र कतै नजान आग्रह गरेको पनि उहाँले स्मरण गराएका छन् ।

बाहिर हिँड्दा कोरोना भाइरसको संक्रमण थप फैलिने खतरातर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् ।

उनले भने, “तपाइँहरु हिँड्नुभयो र भिड गर्नुभयो भने कोरोना विरुद्धको लडाइँ झन कठिन हुनेछ, त्यसैले घरमै बसेर सहयोग गर्नुहोला तपाइँलाई चाहिएका सबै सेवा र सामग्री हामी घरघरमै अवश्य ल्याइदिनेछौ ।”

प्रतिक्रिया दिनुहोस