चन्द्रौटाका युवा व्यवसायीले न्यून आय भएका परिवारलाई दिए राहत

चन्द्रौटाका युवा व्यवसायीले न्यून आय भएका परिवारलाई दिए राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १६ चैत । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटाका युवा व्यवसायीहरुले लक डाउनको छैटौं दिन गरीब तथा न्यून आय भएका १२ घर परिवारलाई राहत वितरण गरेका छन् ।

चन्द्रौटास्थित जय माँ लक्ष्मी ट्रेडर्सका व्यवस्थापक तथा नेपाली काँग्रेस महासमिति सदस्य विजय जयसवाल, लक्ष्मी ट्रडर्स तथा ग्यालेक्सी शुद्ध पिउने पानीका व्यवस्थापक विष्णु हमाल र प्रकाश चौधरीले संयुक्त रुपमा खाद्यान्न सामग्री वितरण गरेका हुन ।

नगरपालिकाको वड नम्बर ५ को उत्तर राहतटोल, पूर्व रहतटोल, दक्षिण रहतटोल र भलुही गाउँका १२ घरलाई चामल, दाल, नुन, तेल, मसला, आलु, सोयाविन र साबुन वितरण गरिएको जयसवालले बताए ।

दैनिक ज्यालादारी गरी खाने तथा अन्य आय स्रोत नभएका गरीब घर परिवार छनौट गरी केही दिनलाई पुग्ने खाद्य सामग्री वितरण गरिएको ग्यालेक्सी शुद्ध पिउने पानीका व्यवस्थापक विष्णु हमालले बताए ।