कोरोना कहरकाबीच भारतीय प्रधानमन्त्री मोदीको सह्रानिय काम : लकडाउनले दु:ख भएकोमा जनतासँग माफी माग्नेदेखि सं’क्रमितको उपचारमा खटिरहेका चिकित्सकलाई हौसला दिनेसम्मको प्रयास


एजेन्सी, १६ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनका कारण जनतालाई कष्ट पुगेको भन्दै माफी मागेका छन् । जीवनमरणको स्थिति सिर्जना भएकाले कठोर यस्तो निर्णय लिनुपरेको र यसबाट आम सर्वसाधारणमा परेको दुखका लागि उनले माफी मागेका हुन् ।

‘संसार अहिले कोरोना भाइरसका कारण आक्रान्त छ’, मोदी आँफैले संचालन गर्ने रेडियो कार्यक्रम ‘मन की बात’ मार्फत मोदीले भने, ‘हामीसँग लकडाउनको विकल्प थिएन । कष्ट पुगेको भए पनि मलाई जनताले माफ गर्नेछन् भन्ने विश्वास लिएको छु ।’

मोदीले कोरोनाको कहरलाई नियन्त्रणबाहिर जानुअगावै रोक्न खोजिएको पनि बताए । ‘यो सबैका लागि चुनौतीको विषय हो’, उनले भने, ‘लकडाउनको नियम नमान्नेहरू जीवनसँग खेलवाड गर्दैछन् ।’

मोदीले अग्रमोर्चामा रही डटिरहेका स्वास्थ्यकर्मीहरूबाट सबैले प्रेरणा लिनुपर्ने पनि बताए । रेडियो कार्यक्रमका क्रममा उनले कोभिड–१९ को सं’क्रमणबाट निको भएका हाइदराबादका एक युवकसँग टेलिफोन कुराकानी पनि गरे ।

केही चिकित्सकलाई टेलिफोन गरेर हौसला दिए । खानेपानी, खाद्यान्न, औषधीलगायतका सामग्री प्रवाह गर्दै आएका व्यवसायीलाई धन्यवाद दिए । ‘हामीले सामाजिक अन्तर्क्रिया रोक्नुपर्दैन । तर सामाजिक दूरी कायम राख्नैपर्छ’, उनले भने, ‘बाहिर ननिस्कनुस् । बरु यो अवधिमा स्वयंलाई नियाल्ने कोशिस गर्नुहोस् ।’

प्रधानमन्त्री मोदीको ‘मन की बात’ कार्यक्रम महिनाको एकपटक अल इन्डिया रेडियोमार्फत प्रशारण हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस