स्वास्थ्यमा सुधार भएको भन्दै ट्वीट गरेको केहि घण्टा बित्न नपाउँदै फ्रान्सका पूर्वमन्त्रीको कोरोना संक्रमणबाट नि’धन


एजेन्सी, १६ चैत । फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९)को सं’क्रमणबाट मृ’त्यु भएको छ ।

कोरोनाको सं’क्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृ’त्यु भएको हो ।

उनी ओत द सेन प्रान्तका क्षेत्रीय विकास सल्लाहकारसमेत थिए । निकोलस सार्कोजी र ज्याक सिराक दुवै राष्ट्रपति रहेको बेला उनी मन्त्री थिए ।

७१ वर्षीय देभेजँले शुक्रबार आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको भन्दै चितित्सकहरूलाई धन्यवाद दिंदै सामाजिक सञ्‍जाल ट्विटरमा आफू छिट्टै निको भई फर्किएर काममा लाग्‍ने उल्लेख गरेका थिए । तर बिडम्बना शनिबार साँझ उनको स्वास्थ्यमा एक्कासि खराबी देखियो अन्ततः उनले संसार छाडे ।

प्रतिक्रिया दिनुहोस