विश्वमा प्रत्येक दिन थपिँदैछन् १ लाख नयाँ कोरोना सं’क्रमित !


काठमाडौं, १७ चैत । चीनको वुहानबाट सुरु भएको कोरोनाभाइर (कोभिड-१९)ले विश्वका कैयौं देशहरुलाई ग’म्भीर संकटमा पारिसकेको छ । अहिले यो भाइरसले युरोप, अमेरिका, बेलायत लगायतका क्षेत्रमा विनाश मच्चाएको छ । यो महामारीका कारण ज्या’न गुमाउनेको संख्याले ३३ हजार नाघिसकेको छ भने सं’क्रमितको संख्याले ७ लाख नाघिसकेको छ ।

यो महामारीबाट गएको जनवरी १९ सम्म केवल १०० जना प्रभावित थिए । तर २९ मार्च सम्म अर्थात ७० दिनपछि यो संख्याले ७ लाख नाघिसकेको छ । यो महामारी विश्वमा निकै तीव्रताका साथ फैलिइरहेको छ भन्ने अनुमान यही तथ्यांकबाट गर्न सकिन्छ ।

विश्वमा १९ जनवरीसम्म सं’क्रमित केवल १०० थिए तर २४ जनवरीसम्ममा यो संख्याले हजार नाघ्यो । त्यसपछि ३१ जनवरीमा यो संख्याले १० हजार नाघ्यो । ६ मार्चसम्म आइपुग्दा सं’क्रमितको संख्याले लाख नाघ्यो । १८ मार्चमा सं’क्रमितको संख्या २ लाख पुग्यो ।

त्यसपछि २१ मार्चमा ३ लाख, २४ मार्चमा ४ लाख, २६ मार्चमा ५ लाख, २८ मार्चमा ६ लाख र २९ मार्चमा ७ लाख नाघ्यो । इटलीमा कोरोनाभाइरसबाट ज्या’न गु’माउनेको संख्याले १० हजार नाघिसकेको छ । अमेरिकामा १ लाखभन्दा धेरै सं’क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस