बेलायतमा एकदिनमै २०९ जनाको मृ’त्यु, २ हजार ४३३ जना नयाँ सं’क्रिमति


एजेन्सी, १७ चैत । कोरोना भाइरस अर्थात कोभिड-१९ बाट बेलायतमा एक दिनमै २०९ जनाले ज्या’न गु’माएका छन् । यो सँगै बेलायतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १२ सय नाघेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बेलायतमा काेराेनाका कारण मृ’त्यु हुनेकाे संख्या १२ सय २८ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै २ हजार ४३३ जना नयाँ सं’क्रमित थपिएका छन् । अहिलेसम्म बेलायतमा १९ हजार ५२२ सं’क्रमित भएका छन् । तीमध्ये १३५ जना भने पूर्ण रुपमा निको भएका छन् ।

अहिले बेलायतमा १८ हजार १५९ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १६३ जनाको अवस्था ग’म्भीर रहेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र राजकुमार चार्ल्सलाई समेत कोरोनाको सं’क्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस