काठमाडौं, १७ चैत । कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै सरकारले कोठा भाडामा लिएर बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट गर्न घरधनीलाई अनुरोध गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले घर भाडामा बस्नेहरुलाई सहयोग गर्न अपिल गर्दै एक महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको हो ।
सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिनुभयाे ।
मिनाहा घर भाडाको घर बहाल कर सरकारले नलिने निर्णय गरेको पनि उहाँले जनाकारी दिनुभयो ।
त्यस्तै लकडाउन अवधिमा निजि तथा सरकारी टेलिकम कम्पनीलाई डेटा प्याक र इन्टरनेटमा २५ प्रतिशत छुट दिन निर्देशन दिइएको छ ।
प्रतिक्रिया