स्पेनमा २४ घण्टामै ८२१ जनाको ज्या’न गयो, मृ’त्यु हुनेको संख्या ६ हजार ८०३ पुग्यो


एजेन्सी, १७ चैत । विश्व स्वास्थ्य संगठनले म’हा’मारी रोगको संज्ञा दिएको कोरोना भाइरसबाट स्पेनमा मृ’त्यु हुनेको संख्या ६ हजार ८०३ पुगेको छ । यो कोरोनाको उद्गम स्थल चीनको भन्दा दोब्बर बढी हो ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार चीनमा अहिलेसम्म ३ हजार ३ सयको मृ’त्यु भएको छ । कोेरोनाबाट सबैभन्दा बढी मृ’त्यु हुनेमा इटाली पर्छ । त्यसपछि स्पेन नै हो ।

इटालीमा काेराेनाका कारण अहिलेसम्म १० हजार ७७९ जनाले ज्या’न गु’माइसकेका छन् ।

स्पेनमा अहिलेसम्म ८० हजार ११० जना सं’क्रमित भएका छन् । तीमध्ये १४ हजार ७०९ जना पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ५८ हजार ५९८ जनामा कोरोना सक्रिया रहेको छ । तीमध्ये ४ हजार २६५ जनाको अवस्था ग’म्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामै स्पेनमा ८२१ जनाको मृत्यु भएको छ भने ६ हजार ८७५ जना नयाँ सं’क्रमित भेटिएका छन् । बढ्दो मृ’त्युलाई हेर्दा स्पेनमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस