जर्मनीका प्रान्तीय अर्थमन्त्री स्किफरद्वारा आ’त्म’ह’त्या, जसले कोरोनाले अर्थतन्त्रमा पु-याउने असरबारे चिन्ता ब्यक्त गर्दै आएका थिए


एजेन्सी, १७ चैत । कोरोना अर्थात कोभिड–१९ ले अर्थतन्त्रमा पुर्याउने असरबारे चिन्ता लिदै आएका जर्मनीको हेस्सी प्रान्तका ५४ वर्षीय अर्थमन्त्री थोमस स्किफरले शनिबार आ’त्म’ह’त्या गरेका छन् ।

स्किफरको श’व शनिबार सोही प्रान्तको एउटा रेल ट्र्याक नजिकै भेटिएको जनाइएको छ । उनले आ’त्म’ह’त्या गरेको वाइसबाडेन अभियोजन कार्यालयले पुष्टि गरेको हो ।

स्टेट प्रिमियर भोल्कर बफेयरका अनुसार उनले कोरोना भाइरसबाट तहसनहस भएको अर्थतन्त्रको व्यवस्थापनबारे चिन्ता लिदै आएका थिए ।

कोरोनाले गर्दा कम्पनी र कामदारहरुलाई पर्ने असर कम गर्नको लागि अर्थमन्त्री थोमस दिनरात काम गर्दै आएका बताइएको छ । उनको यो कदमको खबरले जर्मनी मात्र नभएर विश्व नै स्तब्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस