अर्थ मन्त्रालयद्वारा कोरोना रोकथाम कोषका लागि ५० करोड रुपैयाँ निकासा

अर्थ मन्त्रालयद्वारा कोरोना रोकथाम कोषका लागि ५० करोड रुपैयाँ निकासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । अर्थ मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि ५० करोड रुपैयाँ निकासा गरेको छ । सरकारले स्थापना गरेको यो कोषमा घोषणाबमोजिमको रकम निकासा दिइएको अर्थले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो साता ५० करोडको कोष स्थापना गर्दै सहयोगको आव्हान गरेका थिए । सोही रकम कोषको नाममा निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो कोषमा सरकारी तथा निजी संस्थाहरुले योगदान गरिरहेका छन् । विभिन्न व्यावसायिक घराना, बैंक तथा वित्तीय संस्था तथा उद्योग प्रतिष्ठान तथा ब्यतिगत रुपमा पनि सरकारले स्थापना गरेको कोषमा रकम उपलब्ध गराइरहेका हुन् ।

आइतबार सरकारले ल्याएको आर्थिक प्याकेजमा कोरोना नियन्त्रणका लागि सरकारले स्थापना गरेका कोषमा योगदान गरे त्यसलाई करयोग्य आयमा घटाउने सुविधा पनि दिइएको समाचारमा उल्लेख गरिएको छ ।