कोरोना रोकथाम कोष : ५० लाख सम्म पारिश्रमिक लिने कलाकार चुप रहँदा बर्षा शिवाकोटीले गरिन् एक लाख सहयोग

कोरोना रोकथाम कोष : ५० लाख सम्म पारिश्रमिक लिने कलाकार चुप रहँदा बर्षा शिवाकोटीले गरिन् एक लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले खडा गरेको कोरोना कोषमा नायिका वर्षा शिवाकोटीले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् । वर्षाले सामाजिक सञ्जालमार्फत व्यक्तिगत तर्फबाट कोरोना कोषमा सो रकम जम्मा गर्न चाहेको बताएकी हुन् ।

विपदका बेला महँगो पारिश्रमिक लिने कलाकार तैँ चुप र मै चुप भएर बसिरहेका बेला वर्षाले दैनिक गुजारा गरेर जीवन चलाउनेहरुलाई सहयोग पुगोस् भन्दै रकम छुट्याएको बताएकी छिन् ।

वर्षाले भनेकी छिन्, ‘मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री रहात कोष’मा रु १ लाख जम्मा गर्न चाहन्छु र मेरो इच्छा यो पैसा ती हाम्रा दाजुभाइ दिदीबहनीमा जाओस्, जसले दैनिक काम गरेर गुजारा चलाउनुहुन्छ ।’

केही हप्तायता वर्षा शिवाकोटी घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । परिवारका साथ समय बिताएकी वर्षाले घरमा हुँदा फिल्म हेर्ने र पुस्तक पढ्ने गरिरहेकी छिन् ।