कोरोनाबाट बच्न ‘भोड्का’ खान सुझाव दिने राष्ट्रपतिको बेलारुसमा बेपर्वाह हजारौं दर्शकको भिडमा फुटबल लिग संचालन हुँदै

कोरोनाबाट बच्न ‘भोड्का’ खान सुझाव दिने राष्ट्रपतिको बेलारुसमा बेपर्वाह हजारौं दर्शकको भिडमा फुटबल लिग संचालन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, १७ चैत । कोरोनाभाइरसको सं’क्रमण संसारभर फैलिएपछि खेलकुद गतिबिधि ठप्प भइरहेका बेला बेलारुसमा भने फुटबल लिग संचालन भइरहेको छ । अरु बेला खासै चर्चामा नआउने बेलारुसले अहिले लिग गरिरहदा चर्चा बटुलेको छ ।

गत शनिबार बेलारुसमा माथिल्लो डिभिजनका ६ वटा खेल भएका थिए । पूर्वी युरोपियन देश बेलारुसमा शनिबार एफसी मिन्स्क र डाइनामो मिन्स्कबीचको डर्बी भिडन्त हेर्न राजधानीको रंगशालामा ३ हजार दर्शक आएका थिए । उक्त खेलमा एफसी मिन्स्क ३-२ ले विजयी भएको थियो ।

बेलारुसमा अहिलेसम्म कोरोनाबाट सय जना भन्दा कम मानिस सं’क्रमित भएका छन् भने कसैको मृ’त्यु भएको छैन ।

युरोपका देश कोरानाबाट आक्रान्त भइरहेको बेला बेलारुसका राष्ट्रपति ढुक्क देखिएका छन् । उनले आफ्ना नागरिकलाई कोरनाबाट बच्न भोड्का खान भनिरहेका छन् ।

बोलारुस फुटबल महासंघले भने खेलअघि सुरक्षा जाँच गरिएको र कोरानाको परिक्षण गरिएको बताएको छ । र उसले खेलकुद मन्त्रालयको अनुमतिमा खेल संचालन गरिएको जनाएको छ ।