काठमाडौं, १७ चैत्र । कोरोना भाइरस कोभिड-१९ संक्रमणको आशंका गरिएका एक महिला र एक पुरुष बिरामीको वीर अस्पतालमा मृत्यु भएको छ । ३४ वर्षीय चन्द्रागिरि नगरपालिका सतुंगलकी महिला र ५० वर्षीय भारतीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।
महिलालाई निमोनिया र पुरुषलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको विरामीको लक्षण कोभिड-१९ संग मेल खाएको हुदा स्वाब परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।
प्रतिक्रिया