सिन्धुलीमा एम्‍बुलेन्स दुर्घटना हुँदा एकै परिवारका ६ घाइते

सिन्धुलीमा एम्‍बुलेन्स दुर्घटना हुँदा एकै परिवारका ६ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १७ चैत । सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा एकै परिवारका ६ जना घाइते भएका छन् । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका ७ को बुका नजिक सोमबार दिउँसो एम्‍बुलेन्स दुर्घटना भएको हो ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ज १ च ७७७ नं एम्‍बुलेन्स दुर्घटना हुँदा अनिल यादवसहित ६ जना घाइते भएका हुन् । घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीले जानकारी दिए ।

काठमाडौंको बयोदा अस्पतालमा परिवारका सदस्यको उपचार गरी उनीहरु घर फर्किँदै थिए । यता एम्‍बुलेन्स चालक भने फरार रहेका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।